नेप्सेमा १२.२९ अंकको बृद्धि, २ अर्ब २५ करोडको कारोबार

-



     सफल आवाज    
     वैशाख ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ वैशाख । साताको सेयर कारोबार हु्ने पहिलो दिन आईतबार नेपाली बजार अन्तिम प्रहरमा आएर सकारात्मक बन्यो । दोहोरो अंकको बढोत्तरीले लगानीकर्ताको मनोबल उच्च भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.६२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले बढेर ३५०.७५ विन्दुमा पुगेको छ ।

१३ उपसमूहहरुमध्ये २ वटामा रातो लागेको छ । बाँकी ११ वटा उपसमूहहरुमा हरियो लागेको छ । कुल ३१० कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ६३ लाख ९३ हजार २४५ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ ८९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी गुर्खाज फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १० करोड २१ लाख ३७ हजार २२७ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी दोल्ति पावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.८८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पिपुल्स पावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ७.४६ अंकले घटेको छ ।