अरुण भ्याली हाइड्रोकाे २० लाख कित्ता सेयर बिक्रीमा

-



     सफल आवाज    
     वैशाख १० गते २०८१ मा प्रकाशित



काठमाडाैं, १० वैशाख । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले आजदेखि हकप्रद सेयरकाे लिलामी बिक्री शुरू गरेकाे छ । कम्पनीले अवितरित सेयर १ बराबर १ काे रेसियाेमा बिक्रीमा ल्याएकाेमा आवेदन नपरेकाे बाँकी हकप्रद सेयर लिलाम बिक्रीमा ल्याएकाे हाे ।

कम्पनीका अनुसार १९ लाख ९२ हजार १३४ कित्ता हकप्रद बोलपत्र प्रक्रियाले बिक्री गर्न लागिएकाे छ । सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले बैशाख २४ गतेसम्म आवेदन दिन पाउनेछन्। यसमा व्यक्ति, कम्पनी, संघ र संस्थाहरुले बोलपत्र पेश गर्न पाउने कम्पनीले जनाएकाे छ ।

उक्त शेयरकाे रेट प्रतिकित्ता घटीमा १०० रहेकाे छ। लगानीकर्ताले ताेकिएकाे मूल्य वा साेभन्दा माथिकाे मूल्य राखेर बोलपत्र बुझाउनु पर्नेछ । यसमा बढीमा १ सय कित्ता र बढीका लागि मापदण्ड राखिएकाे छैन ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन पाउने छन्। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।