सुनमा ११ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

-



     सफल आवाज    
     वैशाख १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० वैशाख । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ११ सय तथा चाँदीमा रुपैयाँ ३५ ले गिरावट भएको जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ११ सयले घटेर तोलाको १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ११ सयले घटेर तोलाको १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३५ ले घटेर तोलाको १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।