नेप्सेमा १५.४१ अंकको गिरावट, २ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     वैशाख १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारको माहोल नकारात्मक बनेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.४१ अंकले घटेर १९६९.०२ विन्दुमा झरेको छ । नेप्सेमा ०.७७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.८० अंकले घटेर ३४७.९५ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । म्युचुअल फण्डमा हरियो लागेको हो । बाँकी १२ वटा उपसमूहहरुमा रातो लागेको छ ।

यसदिन ३२० वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ५६ लाख ५६ हजार २८२ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ५ करोड ८३ लाख ५ हजार १८५ रुपैयाँ १९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी गुर्खाज फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ११ करोड ५४ लाख ७९ हजार ३४७ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै पिपुल्स पावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ६.९१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै दोल्ति पावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ७.३७ प्रतिशतले घटेको छ ।