आज देशभर सार्वजनिक बिदा

-



     सफल आवाज    
     वैशाख ११ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ११ वैशाख । सरकारले मंगलबार आज देशभर सार्वजनिक बिदा दिएकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपालकाे राजकीय भ्रमणमा आउने भएकाले सरकारले सार्वजनिक बिदा दिएकाे हाे । 

मन्त्रिपरिषद्काे हिजाे बसेको बैठकले साे बिदा दिने निर्णय गरेको हाे । सञ्चारमन्त्री रेखा शर्माले सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा बिदा दिने निर्णय भएकाे जानकारी दिइन्। 

सार्वजनिक विदाका कारण मंगलबार सेयर बजारकाे काराेबार नहुने भएकाे छ । यसका साथै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाकाे काराेबार पनि नहुने भएकाे भएकाे छ ।