लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टको एजिएम आज बस्दै

-



     सफल आवाज    
     वैशाख १२ गते २०८१ मा प्रकाशित



काठमाडौं, १२ वैशाख । लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टको वार्षिक साधारण सभा आज बाेलाइएकाे छ । कम्पनीले होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान १० बजे साधारण सभा सुरु हुने जनाएकाे छ ।

साधारण सभाबाट गत आर्थिक वर्षको नाफाबाट संचालक समितिले प्रस्ताव गरेकाे १५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिनेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत ३० गते बुक क्लोज गरेकाे थियाे । लाभांश पाउन र साधारण सभामा भाग लिनमा लागि सेयरधनीहरूले चैत २९ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरू लाभांश पाउनका लाग याेग्य मानिनेछन् ।