सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     वैशाख १२ गते २०८१ मा प्रकाशित



काठमाडौं, १२ वैशाख । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ १० ले भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ३६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।