सपोर्ट लघुवित्तकाे नाफामा उल्लेख्य बृद्धि, इपिएस कति ?

-



     सफल आवाज    
     वैशाख १२ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १२ वैशाख । सपोर्ट लघुवित्त वित्तीय संस्थामा बृद्धि भएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार संस्थाकाे नाफा गएकाे वर्षकाेभन्दा उल्लेख्य रूपमा बढेकाे हाे ।

चालु आर्थिक वर्षको चैतसम्ममा संस्थाले १ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेकाे छ। यो नाफा गएकाे वर्षकाे साेहि अवधिकाे भन्दा ९४.९१ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा रूपैयाँ ६३ लाख खुद नाफा भएकाे थियो।

संस्थाले खुद ब्याज आम्दानी सामान्य रूपमा बढेकाे जनाएकाे छ । सञ्चालन आम्दानी र सञ्चालन नाफामा उल्लेखनीय बृद्धि भएकाे कारण खुद नाफामा सघाउ पुगेकाे हाे ।

खुद ब्याज आम्दानी ८.७८ प्रतिशतले बढेको छ । सञ्चालन आम्दानी ८९.३५ प्रतिशतले, कुल सञ्चालन आम्दानी २४.१० प्रतिशतले र सञ्चालन मुनाफा १२०.९३ प्रतिशतले बढेको छ।

संस्थाकाे इपीएस आम्दानी बढेको छ। याे ८ रुपैयाँ ४१ पैसा बढेर १७ रुपैयाँ २८ पैसा कायम भएकाे छ। मूल्य आम्दानी रेसियाे ७७.९७ गुणा र नेटवर्थ २२ रुपैयाँ ४० पैसा छ।

सपोर्ट लघुवित्तकाे चुक्ता पूँजी रूपैयाँ ९ करोड ५२ लाख रहेकाे छ । जगेडा कोषमा रूपैयाँ ५ करोड ७९ लाख रहेकाे छ । संस्थाकाे निक्षेपमा १७.८२ प्रतिशतले बृद्धि भएकाे छ । सापटी ३०.३४ प्रतिशत छ भने कर्जामा २४.०२ प्रतिशतले बृद्धि भएकाे छ।