नेप्सेमा सामान्य अंकको बृद्धि, साढे २ अर्बको कारोबार

-



     सफल आवाज    
     वैशाख १२ गते २०८१ मा प्रकाशित



काठमाडौं, १२ वैशाख । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार अन्तिम प्रहरमा आउँदा सकारात्मक बनेको छ ।

बजार बन्द हुनुभन्दा केहिबेर अघिसम्म दोहोरो अंकको गिरावट भएको नेप्सेमा बजार सामान्य अंकले बढेर सकारात्मक बनेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा उक्लिएको छ । सेन्सेटिभ इण्डेक्स ०.६० अंकले बढेर ३४८.५५ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी १० वटा सबै राताम्मै भएका छन् । यसदिन कुल ३१३ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ ।

उनीहरुको ७२ लाख ८४ हजार २ सय ७२ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोमोटर सेयरको कारोबार भएको छ । सो सेयर ६ करोड ३३ लाख ९३ हजार २५८ रुपैयाँ ५० बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै माइ खोला हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ कम्पनीको सेयरमूल्य ७.८४ प्रतिशतले घटेको छ ।