आज अमेरिकी डलरको भाउ घट्यो, यूरोसहित अन्यको बढ्यो

-



     सफल आवाज    
     वैशाख १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्यको भाउ भने बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ६२ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ७७ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १ सय ६६ रुपैयाँ २० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४५ रुपैयाँ ४५ र बिक्रीदर १ सय ४६ रुपैयाँ १० पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ १९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९८ रुपैयाँ १६ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूची