सहमतिपछि नेपाली तयारी चियाकाे निर्यात सुरू

-



     सफल आवाज    
     वैशाख १३ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १३ वैशाख । भारतीय भन्सार कार्यालयले वैशाख ७ गतेदेखि रोकेको नेपाली चियाको निर्यात सुरू भएकाे छ । चिया निर्यातका लागि गरिएका विभिन्न प्रयासपछि चिया निर्यात पुनः सुरू भएकाे हाे । झापाकाे काँकडभिट्टा नाकाबाट चिया लाेड गरिएका १७ ट्रक भारतीय सीमा क्षेत्रमा राेकिएका थिए ।

बाटाेमै राेकिएका १७ वटै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयमा जाँचपास गराइ मङ्गलबार साँझ भारततीर गएका मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए । रेग्मीले बाटाेमै रोकिएका ट्रक भारत गएपछि चिया निर्यातमा भएकाे अवरोध हटेकाे बताए ।

काँकडभिट्टाबाट जाँचपास भएर चिया लिएर गएका ट्रक भारतीय सीमावर्ती पानीटङ्कीमा पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू भएको बताउदै भारतीय पक्षले राेकेकाे थियाे । नेपाली चिया निर्यातकर्ताले प्रत्येक गाडीकाे चियाकाे गुणस्तर जाँच गर्ने तरीका ठीक नभएकाे र व्यवहारिक पनि नभएकाे भन्दै असहमित जनएका थिए ।

नाकाका अधिकारीहरूले केन्द्रकाे निर्देशनमा यसअघिकै नियम अनुसार गुणस्तर जाँच गरेर को नेपाली चियाको निर्यात खुलाएका हुन्।