सूर्यज्योति लाइफ इन्स्याेरेन्सको खुद नाफामा बृद्धि

-



     सफल आवाज    
     वैशाख १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ वैशाख । सूर्यज्योति लाइफ इन्स्याेरेन्सको खुद नाफामा बृद्धि भएकाे छ । इन्स्याेरेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आउदा नाफामा ३३.८९ प्रतिशतले बढेकाे छ ।

सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार नाफा बढेर रूपैयाँ २९ करोड ५४ लाख ३३ हजार कायम भएको छ । अघिल्लो वर्षको साेहि यसैअवधिमा यस्ताे नाफा रूपैयाँ २२ करोड ६ लाख ५२ हजार रहेकाे थियाे । 

कम्पनीकाे खुद बिमा शुल्क, लगानी र कर्जाकाे आम्दानी बढेपछि खुद नाफा हुनमा सहयाेग पुगेकाे हाे। खुद बिमा शुल्क ३८.६८ प्रतिशतले बढेर रूपैयाँ ६ अर्ब ३७ करोड ४४ लाख ५ हजार रहेकाे छ ।

कर्जा र लगानीकाे आम्दानी ६१.९६ प्रतिशतलेकाे छ भने याे रूपैयाँ २ अर्ब २८ करोड ५० लाख ६० हजार भएकाे छ । कुल आम्दानी ४४.१९ प्रतिशतले बढेर रपैयाँ ८ अर्ब ८९ करोड ५६ लाख १४ हजार भएकाे छ । 

कम्पनीकाे चुक्ता पुँजी रूपैयाँ ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार छ । इपीएस आम्दानी २ रुपैयाँ २० पैसाले बढेर ८ रुपैयाँ ६७ पैसा भएकाे छ । जसकाे नेटवर्थ १६६ रुपैयाँ ३१ पैसा रहेकाे छ ।