प्रभु बैंकको साधारण सभा वैशाख २० गते

-



     सफल आवाज    
     वैशाख १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ वैशाख । प्रभु बैंकको साधारण सभा यही वैशाख २० गते बाेलाइएकाे छ । सभा बैंकको केन्द्रीय कार्यालय बबरमहलमा बिहान १० बजे बाेलाइएकाे छ । बैंकले यसपटक लाभांश भने वितरण नगर्ने भएकाे छ । 

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह, वित्तीय विवरण लगायतका एजेण्डाहरूमाथि छलफल गरी अनुमाेदन गरिनेछ। यस्तै सभाबाट लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक ताेकिने भएकाे छ ।

बैंकले साधारण सभाकाे प्रयोजनार्थ वैशाख ४ गते बुक क्लोज गरेको थियाे । साधारण सभामा भाग लिनका लागि सेयरधनीहरूले वैशाख ३ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।