सुनचाँदी दुबैको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     वैशाख १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको जनाएको छ ।

छापावाल सुनान रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ६ स य ५५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।