अमेरिकी डलरको भाउ घट्दै, यूरोसहित अन्यको बढ्यो

-



     सफल आवाज    
     वैशाख १४ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्यको भाउ भने बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ६१ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ३५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय ६७ रुपैयाँ १९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४५ रुपैयाँ ७३ र बिक्रीदर १ सय ४६ रुपैयाँ ३९ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९० पैसा र बिक्रीदर ८७ रुपैयाँ २९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूची