फरवार्ड माइक्रो फाइनान्सकाे नाफा बढ्याे, इपीएस कति ?

-



     सफल आवाज    
     वैशाख १४ गते २०८१ मा प्रकाशित



काठमाडौं १४ वैशाख । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाकाे नाफामा बृद्धि भएकाे छ । नाफासंगै संस्थाकाे इपीएस अर्थात प्रतिशेयर आम्दानी पनि बढेकाे छ ।

संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गएकाे वर्षकाेभन्दा खुद नाफा र प्रतिशेयर आम्दानी दुबैमा बृद्धि भएकाे छ ।

संस्थाले यस आर्थिक वर्षको पहिलो ९ महिनासम्म रुपैयाँ ११ करोड ६५ लाख खुद नाफा कमाएको छ। यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा १६७.१६ प्रतिशतले बढी हाे । गएकाे वर्ष सोही अवधिमा याे नाफा रुपैयाँ ४ करोड ३६ लाख रहेकाे थियाे।

लघुवित्तकाे खुद ब्याज आम्दानी बढेकाे छ भने इम्पेरमेन्ट चार्ज तथा खर्च घटेकाे छ । खुद ब्याज आम्दानी ६.१६ प्रतिशत बढेको छ । खुद फि र कमिशन आम्दानी ७.३९ प्रतिशतले घटेको छ। कुल सञ्चालन आम्दानी ४.०५ प्रतिशतले तथा सञ्चालन मुनाफा १८०.०३ प्रतिशतले बढेको छ।

निष्क्रिय कर्जा बढेर ८.२६ प्रतिशत पुगेको छ। यसअघि ५.८८ प्रतिशत रहेकाे थियाे । इम्पेरमेन्ट चार्ज रुपैयाँ ४८ करोड ५५ लाखबाट घटेर रुपैयाँ ४२ करोड १५ लाख कायम भएकाे छ। यसैकाे कारण सञ्चालन नाफा र खुद नाफामा बृद्धि हुन सकेकाे हाे ।

इपीएस पनि बढेकाे छ । प्रतिशेयर आम्दानी ९ रुपैयाँ २१ पैसा बढेर १४ रुपैयाँ ७२ पैसा कायम भएकाे छ। मूल्य आम्दानी अनुपात ७६ गुणा छ । नेटवर्थ २६९ रुपैयाँ ३४ पैसा रहेको छ।

यस अवधिमा संस्थाकाे वितरण योग्य मनुाफा रुपैयाँ ११ करोड ६५ लाख छ । चुक्ता पूँजी रुपैयाँ १ अर्ब ५ करोड रहेकाे छ । जगेडा कोषमा रुपैयाँ १ अर्ब ७८ करोड रहेकाे छ। संस्थाले ८ अर्ब ७८ करोड रुपैयाँ निक्षेप र सापटीमा रुपैयाँ १९ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको छ।