अमेरिकी डलर र यूरोसहित अन्यकाे भाउ स्थिर

-



     सफल आवाज    
     वैशाख १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ तथा यूरोसहित अन्यको भाउ पनि स्थिर रहेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ५ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ६५ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ६७ रुपैयाँ २६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ६३ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९८ रुपैयाँ २० पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूची