आईतबार सुनमा ४ सयले बृद्धि, चाँदीमा गिरावट

-



     सफल आवाज    
     वैशाख १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउमा थपघट भएको छ । छापावाल सुनमा यसदिन रुपैयाँ ४ सयले बढेको छ । चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।