प्रि ओपन सेसन : नेप्सेमा ७.६० अंककाे बृद्धि

-



     सफल आवाज    
     वैशाख १६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १६ वैशाख । साताको सेयर काराेबार हुने पहिलो दिन कारोबार दिन आज आइतबार सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्सेकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.६० अंकले बढेको छ।

नेप्सेका अनुसार अघिल्लो कारोबार भएकाे दिन गएकाे बिहीबार नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा झरेकाे थियाे ।

आजकाे प्नि ओपन सेसनमा नेप्से परिसूचक ७.६० अंकले बढेर १९७३.५३ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.१५ अंकले बढेको छ।

यसदिन प्रि ओपन सेसनमा ४८ वटा कम्पनीहरूकाे सेयर काराेबार भएकाे छ । उनीहरूकाे २३ लाख ७२ हजार १४५ रुपैयाँ बराबरकाे ४ हजार २७७ कित्ता खरिदबिक्री भएकाे छ।

उनीहरूमा ३६ वटा कम्पनीहरूकाे सेयरमूल्य बढेको छ । ८ वटाकाे सेयरमूल्य घटेको छ। बाँकी ४ वटाकाे भने मूल्य भने स्थिर रहेको नेप्सेले जनाएकाे छ।