नेप्सेमा १४.३३ अंकको बृद्धि, साढे २ अर्बको कारोबार

- पोखरा फाइनान्स कारोबारमा अब्बल

-



     सफल आवाज    
     वैशाख १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ वैशाख । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । उसो त आज नेप्सेको प्रि ओपन सेसन देखिनै नेप्सेमा सकारात्मक माहोल सुरु भएको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.३३ अंकले बढेर १९८०.२७ विन्दुमा उक्लिएको छ । नेप्से ०.७२ प्रतिशतले बढेकाे हाे भने सेन्सेटिभ इण्डेक्स २.६२ अंकले घटेर ३५०.८० विन्दुमा उक्लिएको छ ।

१३ उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १२ वटैमा रातो लागेको छ । यसदिन ३०८ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ६८ लाख ७८ हजार १५९ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९ सय ५५ रुपैयाँ ८२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १३ करोड ५ लाख ९२ हजार ५८४ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेडको सेयरमूल्य बढेको छ । फाइनान्सको सेयरमूल्य ९.०२ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै रिभर फल्स पावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ४.६३ प्रतिशतले घटेको छ ।