इलाम र बझाङमा एमालेका उम्मेदवार अगाडी

-



     सफल आवाज    
     वैशाख १६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १६ वैशाख । इलाम क्षेत्र नम्बर २ तथा बझाङ प्रदेश सभाको उपनिर्वाचनकाे जारी मतगणनामा एमालेका दुबै उम्मेद्वार अगाडी रहेका छन् ।

इलाममा अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएको छ। नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ५४२ मत प्राप्त गरेका छन्।

सुरूमा अग्रता लिएका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अहिले पछि परेका छन् । खड्काले २ हजार १९७ मत पाएका छन्। नेम्वाङ ३४५ मतान्तरले अघि रहेका छन्।

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३७९ मत पाएका छन्।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भएका थिए । कांग्रेसका उम्मेदवार डम्बर खड्काकाे मत २९ हजार ९ सय ६ थियाे । उनी त्याे बेलामा गठबन्धनका साझा उम्मेदवार थिए।

बझाङमा एमालेका दमन भण्डारी अगाडी

बझाङको प्रदेश सभाको उपनिर्वाचनकाे जारी मतगणनामा  नेकपा (एमाले) का दमन भण्डारीले सुरूदेखि नै अग्रता लिइरहेका छन्।

छबिसपाथिभेरा गाउँपालिकाका ७ वटै वडा र थलारा गाउँपालिका– ९ को मतगणना सकिदा भण्डारीले दुई हजार ८७ मत  ल्याएका छन्। उनलाइ माओवादी केन्द्रमा जनक बुढाले पछ्याइरहेका छन् । उनले १ हजार ३७४ मत ल्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवारी अभिषेक सिंहले १ एक हजार २९२ मत पाएका छन्।

२०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार एक सय १२ मत ल्याएर विजय भएका थिए । एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए । सिंहले गठबन्धनका उम्मेदवार थिए ।