लाभांश पारित गर्न सन नेपाल लाइफले डाक्याे एजिएम

-



     सफल आवाज    
     वैशाख १७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १७ वैशाख । सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण तथा हकप्रद सेयर निष्काशनकाे प्रस्ताव पारित गर्न जेठ ९ गते सातौँ साधारण सभा बाेलाएकाे छ ।

कम्पनीले गएकाे आर्थिक वर्षको मुनाफाबाट लाभांश र लाभांश वितरपछि हकप्रद सेयर जारि गर्ने प्रस्ताव अनुमाेदन गर्न साधारण सभा डाकेकाे हाे ।

सभाले २३.८० प्रतिशत बोनस सेयर तथा त्यसकाे कर प्रयोजनका लागि १.२५ प्रतिशत नगद लाभांशसहित २५.५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव गर्नेछ ।

सभाले बोनस सेयर वितरणपछि २७ प्रतिशत हकप्रद सेयर खुलाउने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखा परिक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । साथै सेयररधनीहरूबाट १ जना संचालककाे चयन गरिने भएकाे छ ।

कम्पनीले साधारण सभाकाे प्रयोजनका लागि बैशाख २७ गते बुकक्लोज गर्ने बताएकाे छ। साधारण सभामा भाग लिनका लागि र लाभांश पाउनका लागि सेयरधनीहरूले बैशाख २६ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

साधारण सभा जेठ ९ गते अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौंमा बिहान १० बजे डाकिएकाे छ।