३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै नबिल बैंक

-



     सफल आवाज    
     वैशाख १७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १७ बैशाख । नेपालकाे अग्रणी बित्तिय संस्था नबिल बैंक लिमिटेडले केही संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । हाल बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।  

सेयर खरिदका लागि पहिलाे चरणमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदकाे लागि आवेदन दिन सक्नेछन् । सूचना प्रकशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने बताइएकाे छ ।  

निर्धारित समयभित्र सेयर खरिदका लागि पुरा आवेदन प्राप्त नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने बैंकले जनाएको छ ।