सुनमा रुपैयाँ ४ सयले गिरावट, चाँदीको बढ्यो

-



     सफल आवाज    
     वैशाख १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ वैशाख । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सयले घटेको छ । चाँदीको भाउमा भने रुपैयाँ ५ ले बृद्धि भएको जनाएकाे छ ।

छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।