इलाममा एमालेका सुहाङ भारि मतान्तरसहित अगाडी

-



     सफल आवाज    
     वैशाख १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ वैशाख । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले भारि मतकासाथ अग्रता कायम राखेका छन् । उनले ११ हजार ६१९ मत पाएका छन् ।

उनकाे पछि रहेका कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ६ सय ५९ मत पाएका छन् । तेश्राेमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७ हजार ४ सय ५२ मत पाएका छन् ।

रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ५९६ मत मात्र पाएका छन् । फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिकाको मतगणना सम्पन्न भइसकेकाे छ । अहिले माई नगरपालिकाको ६, ७ र ८ वडाको मतगणना जारी रहेकाे छ ।