बझाङ प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी विजयी

-



     सफल आवाज    
     वैशाख १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ वैशाख । बझाङ प्रदेशसभा १ को १ मा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्। भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । एमालेका भण्डारीले २६६ मतको अन्तरले सिंहलाई हराएका हुन् ।

माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३८ सय ३१ मतसहित तेस्रो र  नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत पाए ।फाेटाे-भूमिराज पिठाताेली