नेप्सेमा सामान्य अंकको बृद्धि, करिब ३ अर्बको कारोबार

- कारोबारमा पोखरा फाइनान्स अब्बल

-



     सफल आवाज    
     वैशाख १७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १७ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । सेयर बजारमा सामान्य अंकको बृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८० को विन्दुमा उक्लिएको छ । सेन्सेटिभ इण्डेक्स १.१४ अंकले बढेर ३५१.९५ विन्दुमा पुगेको छ ।

१३ उपसमूहहरुमध्ये ४ वटामा मात्रै हरियो लागेको छ । बाँकी ९ वटामा भने रातो लागेको छ । यसदिन कुल ३१७ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ ।

उनीहरुको ७३ लाख ४१ हजार १७७ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५०१ रुपैयाँ ४३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी पोखरा फाइनान्सको कारोबार भएको छ । फाइनान्सको १७ करोड ५४ लाख ७ हजार ५५२ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै पोखरा फाइनान्सको सेयरमूल्य बढेको छ । फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पिपुल्स पार लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ६ प्रतिशतले घटेको छ ।