सर्वाेच्चद्वारा गण्डकी सरकार गठनविरुद्ध परेको रिट खारेज

-



     सफल आवाज    
     वैशाख १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीकाे नियुक्तिकाे विरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरेकाे छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले आज साे रिट माथि सुनुवाइ गर्दै अधिकारी विरूद्ध नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिएकाे रिट खारेज गरेकाे हाे ।

सर्वोच्च अदालतले रिट खारेज गरेपछि पाण्डेले उठाएकाे विषय निरूपण भएकाे छ भने अधिकारीलाई मन्त्रिपरिषद् विस्तार गर्न र विश्वासको मत लिएर अगाडी बढ्न ढाेका खुलेकाे छ ।

एमाले संसदीय दलका नेता अधिकारीले सभामुख कृष्णप्रसाद धिताललाई पनि गणना गरेर सरकारकाे दाबी प्रस्तुत गरेका थिए । उनले सभामुख पनि जाेडेर मुख्यमन्त्रीकाे सपथ लिएपछि मुख्यमन्त्रीबाट राजिनामा दिएर बसेका पाण्डेले अधिकारी विरूद्ध सर्वोच्चमा रिट दाएर गरेका थिए ।