इलाम २ मा एमालेका सुहाङ फराकिलाे मतान्तरले विजयी

-



     सफल आवाज    
     वैशाख १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ वैशाख । इलाम क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ भारि मतान्तरसहित विजयी भएका छन् ।

सुहाङले २७ हजार ७७२ मत पाएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्कालाई ५ हजार ८ सय ३० काे फराकिलो मतान्तरले हराउन सफल भएका हुन्। खड्काले २१ हजार ९४२ मत पाए ।

तेस्रो स्थान पाएका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंहले थेगिमले ११ हजार ४५७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू ५ हजार ५० मतमा सिमित भए ।

संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ मा बैशाख १५ गते शनिबार उपनिर्वाचन भएको थियो । इलामेली जनताले मतकाे साख जागाउँदै नेम्वाङका छोरालाई निर्वाचित गराएका छन् ।

यसअघिकाे चुनावमा एमालेसँग ११४ मतले पराजित भएको नेपाली कांग्रेसले यसपटक भारत मतकाे पराजय भाेग्न बाध्य भएकाे छ । यसपटक पहिचानवादीले सम्मानजनक मत बटुलेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले चौथो स्थान पाएकाे छ ।

सुहाङ संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा हुन्। २०७९ सालको निर्वाचनमा चुनाव जितेका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा १ मा निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि दुबै क्षेत्रहरू खालि भएका थिए। 

उता बझाङ प्रदेशसभा–१ मा एमालेले थप एक सिट पाएकाे छ । एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका छन्। उनले कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गरेका हुन्।