हिमालयन लघुवित्तकाे नाफा र इपीएस दुबैमा बृद्धि

-



     सफल आवाज    
     वैशाख १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ वैशाख । हिमालयन लघुवित्त वित्तीय संस्थाकाे नाफामा बृद्धि भएकाे छ । नाफाकासाथ संस्थाकाे इपीएस पनि बढेकाे छ । संस्थाकाे सार्वजनिक गरिएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा र प्रतिसेयर आम्दानी दुबैमा बृद्धि भएकाे हाे ।

चैत मसान्तसम्म लघुवित्तले रुपैयाँ १ करोड १३ लाख खुद नाफा गरेकाे छ। यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा ७३.८७ प्रतिशतले धेरै हो। गएकाे वर्ष साेहि समयमा संस्थाले रुपैयाँ ६५ लाख रुपैयाँ नाफा गरेकाे थियो। संस्थाकाे इम्पेरमेन्ट चार्ज घटेपछि खुद नाफामा सघाउ पुगेकाे हो।

लघुवित्तको खुद ब्याज आम्दानी ४.४६ प्रतिशतले बढेको छ । खुद फि र कमिशन आम्दानी २३.६८ प्रतिशतले घटेको छ। निष्क्रिय कर्जा घटेर ४.६१ प्रतिशत कायम भएकाे छ। इम्पेरमेन्ट चार्ज रुपैयाँ २ करोड २९ लाखबाट घटेर १७ लाखमा भएकाे छ भने सञ्चालन मुनाफा ७३.७२ प्रतिशतले बढेको छ।

संस्थाकाे इपीएस अर्थात प्रतिशेयर आम्दानी बढेको छ। याे आम्दानी २ रुपैयाँ २ पैसा बढेर ४ रुपैयाँ ७५ पैसा भएकाे छ। मूल्य आम्दानी रेसियाे १५२.५८ गुणा छ । नेटवर्थ १२६.४६ गुणा रहेको छ। संस्थाकाे वितरणयोग्य मुनाफा रुपैयाँ ६२ लाख रहेको छ ।

संस्थाकाे चुक्ता पूँजी रुपैयाँ ३१ करोड ९८ लाख रहेकाे छ। जगेडा कोषमा रुपैयाँ १५ करोड ४ लाख रहेकाे छ। यस अवधिमा संस्थामा रुपैयाँ ४ अर्ब १५ करोड रुपैयाँ निक्षेप रहेकाे छ । सापटीबाट रुपैयाँ ४ अर्ब ९ करोड कर्जा लगानी भएकाे छ ।