सिईडिबि हाइड्रोकाे लाभांश आजसम्म सुरक्षित गर्न सकिने

-



     सफल आवाज    
     वैशाख १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ बैशाख । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । साधारण सभा र लाभांश वितरणकाे प्रयोजनका लागि बुधबार बैशाख १९ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गरिने भएकाे छ ।

लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि सेयरधनीहरुले आजसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम हुने सेयरधनीहरु नै याेग्य मानिने भएका छन् ।

कम्पनीकाे साधारण सभा बैशाख ३१ गते नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहान ८ बजे डाकिएकाे छ । सभाबाट दुई आर्थिक वर्षको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुनेछ ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, सञ्चालक चयन तथा स्वतन्त्र सञ्चालक र लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरु पेश गरिने भएकाे छ।