मंगलबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

-



     सफल आवाज    
     वैशाख १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ वैशाख । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउ भने घटेको छ ।

यसदिन छापावाल सुनको भाउमा परिवर्तन नभएको र चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको भाउ स्थिर रहि तोलाको रुपैयाँ १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ३७ हजार २ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहि तोलाको १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि तेजाबी सुन तोलाको १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।