रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय योगदान गरेकोमा नेपाल एसबिआई बैंक सम्मानित

-



     सफल आवाज    
     वैशाख १८ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १८ बैशाख। रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेर नेपाल एसबिआई बैंक सम्मानित भएको छ। नेपाल राष्ट्र बैंकको ६९औं वार्षिक उत्सवको अवसरमा गरिएको कार्यक्रममा नेपाल एसबिआई बैंकलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियाे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे लाई प्रशंसापत्र प्रदान गरेका थिए।

आर्थिक वर्ष २०७९-८० भित्र बैंक तथा वित्तीय संस्थाहरु मध्ये याे बैंकले रेमिट्यान्स भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा सम्मान प्रदान गरिएको बताइएकाे छ ।