नेप्से २७.५४ अंकले बढ्याे, ५ अर्ब ८५ करोडको कारोबार

- पोखरा फाइनान्स कारोबारमा अब्बल

-



     सफल आवाज    
     जेठ ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ जेठ । साताको सेयर कारोबार हुने दोश्रो दिन पनि सोमबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७.५४ अंकले बढेर २०९२ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.३३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.३१ अंकले बढेर ३७४.०७ विन्दुमा पुगेको छ ।

१३ उपसमूहहरुमध्ये ५ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ८ वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३१५ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयरको कारोबारबाट ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ रुपैयाँ १९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी पोखरा फाइनान्स लिमिटेडको कारोबार भएको छ । फाइनान्सको १९ करोड ९२ लाख ९९ हजार ८२४ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ७.४० प्रतिशतले घटेको छ ।