नेप्सेमा २५.९३ अंकको बृद्धि, पौने ५ अर्बको कारोबार

-



     सफल आवाज    
     वैशाख १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ वैशाख । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक माहोल बनेको छ । धेरै दिनपछि नेप्सेमा २ हजारको घेरा नाघेको दृश्य देखिएको छ ।

भर्खरै नेपालमा लगानी सम्मेलन सकिएको र त्यसले नेपालको आर्थिक विकासमा दूरगामि प्रभाव पार्ने आशा जगाएको छ ।

लगानी सम्मेलनपछि अर्थ बजारका समस्याका बारेमा सकारात्मक कदम चाल्ने अर्थमन्त्री वर्षमान पुनको उद्घोषले पनि लगानीकर्ताहरुमा सकारात्मक सन्देशको संचार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.३० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.५८ अंकले बढेर ३५७.५४ विन्दुमा पुगेको छ ।

१३ उपसमूहहरुमध्ये एउटा बाहेक सबैमा हरियो लागेको छ । यसदिन ३२० कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँ ६६ पैसा बराबरको कारकोकार भएको छ ।

कारोबारको आधारमा लगातार आज पनि पोखरा फाइनान्स लिमिटेडको धेरै कारोबार भएको छ । कम्पनीको १८ करोड २४ लाख २८ हजार १९२ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य बढेको छ । बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेडको सेयरमूल्य घटेको छ । फाइनान्सको सेयरमूल्य ७.१८ प्रतिशतले घटेको छ ।