अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको घट्यो

-



     सफल आवाज    
     वैशाख २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्यको भाउ भने घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १९ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ७९ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ७७ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६६ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय ६६ रुपैयाँ ९५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ३२ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९७ रुपैयाँ १८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूची