लाभांश पारित गर्न सूर्यज्योति लाइफले डाक्याे एजिएम

-



     सफल आवाज    
     वैशाख २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० वैशाख । लाभांश अनुमाेलन गर्नका लागि सूर्यज्योति लाइफ इन्स्याेरेन्सको शुक्रबार साधारण सभा बाेलाएकाे छ । सभाबाट गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर तथा २४.७४ प्रतिशतसहित ३५ प्रतिशत लाभांश अनुमाेदन गरिने भएकाे छ ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका छलफल गरी पारित गरिने भएकाे छ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख ७ गते बुक क्लोज गरिएको थियाे । लाांश पाउन र साधारण सभामा भाग लिनका लागि सेयरधनीहरूले वैशाख ६ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

साधारण सभा शुक्रबार शुक्रबार होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजेबाट सुरु हुनेछ ।