मेरो माइक्रोफाइनान्सकाे नाफा बढ्याे, इपीएस कति ?

-



     सफल आवाज    
     वैशाख २० गते २०८१ मा प्रकाशित



काठमाडाैं २० वैशाख । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकाे नाफामा बृद्धि भएकाे छ । संस्थाद्वारा प्रकाशित चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा गएकाे वर्षको सोही अवधिको भन्दा बढेको हाे।

संस्थाले यस आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा १२ करोड ३८ लाख खुद नाफा गरेकाे छ। यस्ताे नाफा गएकाे वर्षकोभन्दा ८४६.३० प्रतिशतले बढी हो। गएकाे वर्ष सोही अवधिको नाफा रूपैयाँ १ करोड ३० लाख थियो।

संस्थाकाे खुद ब्याज आम्दानी १५.५५ प्रतिशतले बढेकाे छ । खुद फि तथा कमिशन आम्दानी १६.३४ प्रतिशतले, कुल सञ्चालन आम्दानी १५.६७ प्रतिशतले र सञ्चालन मुनाफा ११८६.९२ प्रतिशतले बढेको छ।

इम्पेरमेन्ट चार्ज घटेकाे छ । याे १३ करोड ४९ लाखबाट घटेर ३ करोड ८८ लाख रुपैयाँ रहेकाे छ । यसकाे कारण संञ्चालन मुनाफा र खुद नाफा बृद्धिमा सघाउ पुगेकाे हाे । संस्थाकाे निष्क्रिय कर्जा १.४९ प्रतिशतले घटेको छ।

संस्थाकाे इपीएस बढेकाे छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ १९ पैसा बढेर १२ रुपैयाँ ५१ पैसा भएकाे छ। नेटवर्थ १५३ रुपैयाँ ७२ पैसा छ । मूल्य आम्दानी रेसियाे भने ४९.३२ गुणा रहेको छ। संस्थाकाे वितरणयोग्य मुनाफा ९ करोड ३७ लाख रहेकाे छ ।

लघुवित्तकाे चुक्ता पूँजी रूपैयाँ १ अर्ब ३२ करोड रहेको छ । जगेडामा रूपैयाँ ७० करोड ९१ लाख रहेकाे यस अवधिमा संस्थाले रूपैयाँ ११ अर्ब ६९ करोड निक्षेप संकलन तथा सापटीमा रूपैयाँ १३ अर्ब ९९ करोड कर्जा लगानी गरेको छ।