नेपाल फाइनान्सले अवितरित हकप्रद सेयर बिक्री गर्दै

-



     सफल आवाज    
     वैशाख २० गते २०८१ मा प्रकाशित



काठमाडाैं, २० वैशाख । नेपाल फाइनान्सले अवितरित हकप्रद सेयरकाे लिलाम बिक्री गर्दैछ । फाइनान्सका अनुसार संस्थापक समूहको १० लाख ९४ लाख ४७.१८७ कित्ता हकप्रद सेयर लिलाम बढाबढबाट बिक्री गर्ने भएकाे हाे ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले बैशाख २० गते आजदेखि जेठ ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । सेयरमा लगानी गर्न चाहने लगानिकर्ता व्यक्ति, कम्पनी र संस्थाहरुले तोकिएको अवधिमा बोलपत्र बुझाउनु पर्नेछ ।

न्यूनतम मूल्य १०० रुपैयाँ रहेकाे छ। लगानीकर्ताले याेभन्दा बढी मूल्य राखेर बोलकबोल पेश गर्नुपर्नेछ। घटीमा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । बढी लिन चाहेमा शुरू मूल्यमा बढी १० अंकले भाग जानेगरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सेयर लगानीकर्ताले बिक्री प्रबन्धक, नेपाल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालय र प्रभु बैंकको विराटनगर, विरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र बुझाउन सक्ने भएका छन्। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।