नेप्सेमा सामान्य अंकको गिरावट, ४ अर्बको कारोबार

-



     सफल आवाज    
     वैशाख २० गते २०८१ मा प्रकाशित



काठमाडाैं, २० बैशाख । साताको अन्तिम कारोबारकाे दिन आज नेपाल स्टक एक्सचेञ्चमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ७.३१ अंकले घटेर १ हजार ९९८.९६ विन्दुमा पुगेको हाे ।

यसैगरी सेन्सेटिभ इन्डेक्स पनि ०.४१ प्रतिशतले घटेर ३५६.०५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

काराेबारमा सामान्य गिरावट आउँदा पनि ४ अर्बमाथिको कारोबार भएको छ ।