यस कारण पाँचथर पावरलाई रू १२ करोड ५ लाख घाटा

-



     सफल आवाज    
     वैशाख २३ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २३ वैशाख । पाँचथर पावर कम्पनी लिमिटेडले यसपटक घाटा व्यहाेरेकाे छ। कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीलाई घाटा भएकाे हाे।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीई रूपैयाँ १२ करोड ५ लाख रुपैयाँ नोक्सानी भएकाे छ। गएकाे वर्षको सोही अवधिसमा कम्पनीले रूपैयाँ ८ करोड ६० लाख खुद नाफा गरेकाे थियो।

कम्पनीका अनुसार गएकाे असारमा बाढीले आयोजनामा क्षति गरेपछि आयोजना बन्द रहेको थियाे । हाल आयोजनाको मर्मतकाे काम भइरहेकाे छ । यसकाे कारण कम्पनीकाे आम्दानी हुन सकेकाे छैन ।

बाढीले आयोजनाको संरचना, पावर हाउस र इक्यूपमेण्टमा हानि गरेपछि समस्या उत्पन्न भएकाे थियाे । अब साे काे मर्मत आउने असार मसान्तसम्म गरिसक्ने कम्पनीले जनाएकाे छ । कम्पनीकाे आम्दानी घाटाको बीमाबापत दाबी गरिएको रकमबाट रूपैयाँ ८ करोड अन्य आम्दानीमा लेखिएकाे जनाइएकाे छ।

पाँचथर पावर कम्पनीकाे चुक्ता पूँजी रूपैयाँ ९६ करोड २५ लाख रहेाे छ । जगेडामा रूपैयाँ १ करोड ७९ लाख ऋणात्मक देखिएकाे छ।