आज सुनको भाउ स्थिर, चाँदीमा गिरावट

-



     सफल आवाज    
     वैशाख २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा रुपैयाँ ५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहि तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेकाे छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि तेजाबी सुन तोलाको १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।