नेप्सेमा २४.५८ अंकको गिरावट, पौने ४ अर्बको कारोबार

-



     सफल आवाज    
     वैशाख २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ वैशाख । साताको सेयर कारोबार हुने पहिलो दिन आईतार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा झरेको छ । नेप्सेमा १.२३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इन्डेक्स ४.८६ अंकले घटेर ३५१.१८ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी ११ वटा उपसमूहहरु राताम्मै भएका छन् । यसदिन कुल ३१६ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँ ३९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोबार भएको छ । फाइनान्सको १२ करोड ६४ लाख ९९ हजार ७५३ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै दोल्ति पावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ९.५६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पिपुल्स पावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य सेयरमूल्य ९.९२ प्रतिशतले घटेको छ ।