गण्डकीमा मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

-



     सफल आवाज    
     वैशाख २३ गते २०८१ मा प्रकाशित



पाेखरा, २३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेकाे गण्डकी प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको पक्षमा ३० र विपक्षमा २७ मत परेकाे छ । २ मत भने तटस्थ रहेकाे छ ।

सभामुख कृष्णप्रसाद धितालले संवैधानिक व्यवस्था अनुसार आफ्नो मत सुरक्षित रहेको बताए । उनले अधिकारीकाे पक्षमा विश्वासको बहुमत प्राप्त भएकाे घोषणा गरेका हुन् ।

सर्वाेच्च अदालतले निवर्तमान मुख्यमन्त्री सुरेन्द्रर पाण्डेले राजिना दिएपछि खगराज अधिकारीकाे नेतृत्वकाे सरकार विरूद्ध रिट दायर गरेकाे रिट खारेज गरिदिएपछि अधिकारीलाई ३० संसादकाे बहुमतकाे आधार बनेकाे हाे ।

यसैबीच, सभामुख धितालले अधिकारीले विश्वासकाे मत प्राप्त गरेकाे घाेषणा लगत्तै नेपाली कांग्रेसका सांसदहरूले संविधान विपरीत सभामुखले मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेकाे भन्दै नाराबाजी गर्दै वेल घेरेका थिए ।

मुख्यमन्त्री अधिकारीले नकेपा एमालेको २२, माओवादी केन्द्ररकाे ७ र स्वतन्त्र सांसद राजिव गुरूङको १ मतसहित ३० मत पाएका हुन् । उनकाे विपक्षमा कांग्रेसको २७ मत परेकाे छ । दुइ मत रहेकाे राप्रपाले कसैलाई भाेट हालेन । मतदानमा ५९ सांसद सहभागी भएका थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने अभ्यास रहेकाे थियो। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासले बैशाख १७ गते रिटमाथिकाे सुनुवाइमा गरेकाे आदेशमा सभामुखबाहेक ५९ जना सांसदको बहुमत ३० जनाले पुग्ने व्याख्या गगरिएकाे छ । यसैकाे बलियाे आधार अधिकारीले विश्वासकाे मत पाउनु रहेकाे छ ।