आशा लघुवित्तकाे नाफामा १७.४८ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     वैशाख २४ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २४ वैशाख । आशा लघुवित्त वित्तीय संस्थाकाे नाफामा बृद्धि भएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गएकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा बढेकाे हाे ।

यस आर्थिक वर्षको चैत मसान्तसम्ममा रूपैयाँ ३ करोड ८८ लाख नाफा गरेकाे छ । याे नाफा गएकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा १७.४८ प्रतिशतले बढेकाे हाे । गएकाे वर्ष संस्थाले रूपैयाँ ३ करोड ३० लाख नाफा गरेकाे थियो।

लघुवित्तकाे खुद ब्याज आम्दानीमा पनि बृद्धि भएकाे छ । साथै खुद फि र कमिशन आम्दानी बढेकाे छ । खर्च बढेपनि खुद नाफामा बृद्धि हुन सुखद् मानिएकाे छ ।

यस अविधमा खुद ब्याज आम्दानी ७१.५७ प्रतिशतले बढेकाे छ । खुद फि र कमिशन आम्दानी २ हजार ८८८.७० प्रतिशतले बढेकाे छ। कुल सञ्चालन आम्दानी ७८.८९ प्रतिशतले र सञ्चालन नाफामा १६.६७ प्रतिशतले बृद्धि भएकाे छ।

लघुवित्तको वितरणयोग्य नाफा रूपैयाँ १२ करोड ३३ लाख रहेकाे छ । प्रतिशेयर आम्दानी घटेको छ। यस्तो आम्दानी ३ रुपैयाँ ४८ पैसा घटेर ८ रुपैयाँ ७ पैसा कायम भएकाे छ । मूल्य आम्दानी रेसियाे ९१.११ गुणा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ९९ पैसा रहेको छ।

संस्थाकाे चुक्ता पुँजी रूपैयाँ ६४ करोड १६ लाख रहेको छ । जगेडामा रूपैयाँ ३७ करोड ८४ लाख रुपैयाँ रहेकाे छ। लघुवित्तले रूपैयाँ ८ अर्ब ८९ करोड निक्षेप संकलन गरेकाे छ । सापटीमा रूपैयाँ ९ अर्ब ७३ करोड ४६ लाख कर्जा प्रवाह गरेको छ।