मिथिला लघुवित्तकाे नाफा र इपीएस दुबैमा बृद्धि

-



     सफल आवाज    
     वैशाख २४ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २४ वैशाख । मिथिला लघुवित्त वित्तीय संस्थाकाे यस आर्थिक वर्षमा खुद नाफामा बृद्धि भएको छ । लघुवित्तकाे सार्वजनिक भएकाे तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा बढेकाे छ । साथै प्रतिशेयर आम्दानी पनि अघिल्लाे वर्षकाेभन्दा बढेकाे छ ।

याे वर्ष चैत मसान्तसम्ममा रूपैयाँ ३ करोड रुपैयाँ खुद नाफा गरेकाे छ। यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा ४१.५१ प्रतिशतले बढी भएकाे छ । गएकाे वर्ष सोही अवधिमा नाफा रूपैयाँ २ करोड १२ लाख थियो।

संस्थाकाे खुद ब्याज आम्दानी बढेको छ । खराब कर्जा उठाउन सकेकाेले खुद नाफा बढ्नमा सघाउ पुगेकाे हो। खुद ब्याज आम्दानी ३१.५३ प्रतिशतले बढेको छ ।

खुद फि र कमिशन आम्दानी १८.०३ प्रतिशतले, कुल सञ्चालन आम्दानी १६.५३ प्रतिशतले तथा सञ्चालन मुनाफा ४४.२९ प्रतिशतले बढेको छ। संस्थाका अनुसार रूपैयाँ १ करोड १९ लाख रुपैयाँ खराब कर्जा उठेकाे छ।

प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८३ पैसा बढेर २० रुपैयाँ ४४ पैसा भएकाे छ। मूल्य आम्दानी रेसियाे ४८.९१ गुणा छ । नेटवर्थ १६९ रुपैयाँ ४१ पैसा छ।

संस्थाकाे चुक्ता पुँजी रूपैयाँ १९ करोड ६० लाख रहेकाे छ । जगेडामा रूपैयाँ १३ करोड ६० लाख रहेकाे छ । लघुवित्तले रूपैयाँ १ अर्ब ५४ करोड सापटी र रूपैयाँ ९७ करोड ९५ लाख निक्षेपबाट रूपैयाँ २ अर्ब ६२ करोड कर्जा प्रवाह गरेको छ।