आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     वैशाख २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ वैशाख । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ २० ले बढेको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ३४ जार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।