नेप्से १५.६२ अंकले घट्याे, २ अर्ब ८९ करोडको कारोबार

- सिटिजन लाइफ इन्स्योरेन्स काराेबारमा अब्बल

-



     सफल आवाज    
     वैशाख २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा नकारात्मक माहोल देखिएको छ । सेयर बजारका सूचकहरुमा एउटा उपसमूह बाहेक सबै राताम्मै भएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा झरेको छ । नेप्सेमा ०.७९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.३८ अंकले घटेर ३४७.८० विन्दुमा झरेको छ ।

१३ उपयसूहहरुमध्ये एउटा बाहेक सबैमा रातो लागेको छ । यसदिन कुल ३१० कम्पनीहरुको ६९ लाख ७८ हजार ३ सय २१ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९ सय ७९ रुपैयाँ ८८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३१ करोड ९८ लाख ३० हजार ९ सय ४२ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बोटलर्स नेपाल तराई लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.०३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेडको सेयरमूल्य घटेको छ । फाइनान्सको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।