सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     वैशाख २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ वैशख । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ८ सयले बढेको जनाएको छ । चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ ।

छापावाल सुनमा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।