नेप्सेमा झिनाे अंकको बृद्धि, २ अर्ब १४ करोडको कारोबार

-



     सफल आवाज    
     वैशाख २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ वैशाख । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक माहोल बनेको छ । नेप्सेमा सामान्य अंकको बृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.०६ अंकले बढेर १९६०.८१ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.१० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.७७ अंकले बढेर ३४९.५८ विन्दुमा पुगेको छ ।

१३ उपसमूहहरुमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी ९ वटामा रातो लागेको छ । यसदिन कुल ३१४ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ ।

उनीहरुको ५० लाख ६४ हजार ३८ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब १४ करोड ५ लाख २ हजार ६२१ रुपैयाँ ७७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी पोखरा फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८ करोड ३२ लाख २३ हजार २२३ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बोटलर्स नेपाल तराई लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ६.२३ प्रतिशतले घटेको छ ।